Menu

आजको मौसम

भारतले गण्डक नहरमा बुधवारसम्म चार सय क्युसेक पानी छोड्यो

Author
Shodh Khabar |
July 05, 2023
Featured

वीरगंज, २० असार।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका अनुसार भारतले नेपालको गण्डक नहरमा बुधवारसम्म ४ सय क्युसेक पानी छोडेको छ।
 
दुर्ई देशबिचको सम्झौता अनुसार असार १५ गतेदेखि असोज १५ सम्म भारतले ८५० क्युसेक पानी नेपाललाई दिनुपर्नेछ जसमध्ये आजसम्म ४ सय क्युसेक पानी नहरमा छाडेको  गण्डक नहरको भारततर्फको २२० आरडी भन्ने ठाउँमा नहर मर्मत काम भइरहेकोले बाँकी पानी केही दिनमा आउने नारायणी सिंचाइ व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर सुरेश प्रसाद साहले जनाएका छन्।

पर्साको जगन्नाथपुरबाट शुरू भएको नहर प्रणाली ८० किलोमिटर पूर्व रौतहटसम्म पुगेको छ। हाल गण्डक नहरको पानी बाराको सिम्रौनगढसम्म पुगेको र भोलि रौतहट पुर्याइने इन्जिनियर साहले जनाएका छन्। अहिले किसानहरूका लागि पानी पर्याप्त छ, नहरको पानी बाराको स्रिमौनगढसम्म पुगेको छ। भोलिसम्म रौतहट पुर्याउने हाम्रो लक्ष्य हो' इन्जिनियर साहले भने 'नहरबाट सिंचाइ हुने बारा, पर्साको २८ हजार हेक्टर भूभाग मध्ये अहिलेसम्म ४ हजार हेक्टरमा नहरको पानी पुगिसकेको छ, दुवै जिल्लाको करिब १५–१५प्रतिशत भूभागमा रोपाइँ भइसकेको छ।

बारा, पर्सा र रौतहटमा कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर बढाउने उकास्ने उद्देश्यले नारायणी नदीको पानीलाई गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणालीको माध्यमबाट दुवै देशमा वितरण हुँदै आएको छ। नेपालको नारायणी र त्रिवेणी नदीको पानी भारतको विहार राज्यको वाल्मिकीनगरमा ब्यारेज निर्माण गरी दोन शाखा नहर मार्फत पर्सा, बारामा आउने गर्दछ।  

भारत तर्फ विभिन्न ठाउँमा नहर मर्मत भइरहेकोले बाँकी पानी आउन केही लाग्ने दाबी  गरिए पनि नहर प्रणालीको ५० वर्षको इतिहासमा भारतले सम्झौता अनुसार ८५० क्युसेक पानी बिरलै दिएको जनाइएको छ।साभारः रातोपाटी

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3