Menu

आजको मौसम

विषाक्त मदिरा सेवनबाट चार जनाको मृत्यु

Author
Shodh Khabar |
July 04, 2023
Featured

उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ ।

उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् । विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।  

प्रयोगशाला परीक्षणबाट मदिरामा उच्च मात्रामा मिथेनोल भेटिएको र उनीहरूको मृत्युको कारण भएको प्रान्तीय गभर्नरले बताएका छन् । मदिरा बिक्रेतासँग कानुन कार्यान्वयन निकायका अधिकारीले सोधपुछ गरेका छन् । सस्तो मूल्यका कारण घरेलु मदिराप्रति पियक्कडहरूको आकर्षण बढेको छ । गत महिना पनि उत्तरपश्चिमी पुरसट प्रान्तमा विषाक्त मदिरा सेवन गरेका एक जनाको मृत्यु भएको थियोभने अन्य २७ जना बिरामी भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3