Menu

आजको मौसम

पर्सा–२ मा अशोक टेमानी र रिमा यादवबीच कडा प्रतिस्पर्धा : अन्य पछ्याउँदै

Author
Shodh Khabar |
March 03, 2026
Featured


वीरगंज (पर्सा), १८ फागुन ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मुख्य प्रतिस्पर्धा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानी र नेकपा एमालेकी उम्मेदवार रिमा यादवबीच हुने आँकलन गरिएको छ । यद्यपी चुनावी गतिविधि र जनसमर्थनको आधारमा टेमानी हाल अग्रस्थानमा देखिएका छन् भने नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको स्थानीय विश्लेषकहरूको भनाई छ ।

उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेका टेमानीलाई यसपटक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारका रूपमा हेरिएको छ । वीरगंज निवासी टेमानी करिब ३५ वर्षभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा सक्रिय रहँदै आएका छन् । निजी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । मधेश प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगंजको औद्योगिक वातावरण सुदृढ बनाउन उनले खेलेको भूमिकालाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने गरेका छन् ।

शिक्षा तथा अन्तर्राष्ट्रिय अनुभवका दृष्टिले पनि टेमानी फराकिलो दृष्टिकोण राख्ने नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले हार्बड युनिभरसिटि (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा हासिल गरेका छन् । अमेरिका, जापान, डेनमार्क लगायतका देशहरूमा व्यवसाय व्यवस्थापन, कर्पोरेट सुशासन र स्वच्छ उत्पादन सम्बन्धी तालिम लिएका उनले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा लागू गर्नुपर्नेमा जोड दिँदै आएका छन् । साथै अमेरिका, चीन, भारत, जापान, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सजस्ता मुलुकहरूमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका छन् ।

चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल साह कानु तेश्रो स्थानमा रहेको आँकलन गरिएको छ भने राप्रपाकी उम्मेदवार विना जयसवाल र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज चौधरी चौथो र पाँचौँ स्थानमा रहेको आँकलन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3