Menu

आजको मौसम

पर्सा–२ का उम्मेदवार मनोज चौधरी पक्राउ

Author
Shodh Khabar |
March 04, 2026
Featured

वीरगञ्ज २० फागुन 

नेपाल कम्युनिस्ट पार्टी (तारा छाप) का पर्सा निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन्।

पर्सा जिल्ला क्षेत्र नं.–२ अन्तर्गत बडनिहारमा प्रहरीले नियमित चेकिङ्गका क्रममा चौधरीसहित ४ जनालाई केही सन्दिग्ध सामग्रीसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उम्मेदवार चौधरी सवार रहेको गाडीमा बम रहेको आशंकापछि गाडी रोकी जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।


घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस घटनाले पर्सा–२ को चुनावी माहोलमा थप तनाव सिर्जना गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3