Menu

आजको मौसम

भगवती टोल र इनरुवा टोलमा उज्यालो नेपाल पार्टीका उम्मेदवार सिंहको घरदैलो कार्यक्रम सम्पन्न

Author
Shodh Khabar |
March 02, 2026
Featured

वीरगञ्ज १८ फागुन 


उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा वीरगञ्ज महानगरपालिका वडा नम्बर ०४ को भगवती टोल तथा वडा नम्बर १६ को इनरुवा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

घरदैलो कार्यक्रममा जेन–जेड युवा तथा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई धुमधामका साथ भव्य स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै गाउँ–टोलका विभिन्न समस्या तथा जनगुनासाहरू सुन्नुका साथै ती समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना दिएका थिए। साथै सक्षम, इमानदार र काम गर्न सक्ने उम्मेदवारलाई अध्ययन गरेर मात्र मतदान गर्नुपर्ने धारणा समेत व्यक्त गरिएको थियो।

उम्मेदवार सिंहले युवाहरूका लागि रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा तथा सहज स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

स्थानीयवासीहरूको उत्साहपूर्ण तथा उल्लेखनीय सहभागितामा उक्त घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3