Menu

आजको मौसम

गौर कारागारबाट फरार कैदी पक्राउ

Author
Shodh Khabar |
March 07, 2026
Featured


रौतहट । रौतहटमा सशस्त्र प्रहरीले गौर कारागारबाट फरार भएका एक अभियुक्तलाई पुनः पक्राउ गर्न सफल भएको छ। जेनजी आन्दोलनको क्रममा कारागार तोडेर भागेका यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी ४० वर्षीय रामनरेश साहलाई बिहीबार साँझ सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।लागुऔषध मुद्दामा जेल जीवन बिताइरहेका साह गत भदौ २४ गते कारागारबाट फरार भएका थिए। लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई विशेष सूचनाका आधारमा गौर नगरपालिका–९ सिर्सिया गाउँबाट अपरान्ह पौने ६ बजे पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3