Menu

आजको मौसम

वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा अवैध रूपमा सञ्चालन हुँदै आएका मनी एक्सचेन्ज काउन्टरहरूविरुद्ध प्रहरीले पुनः कडाइ गर्दै छापामारी अभियान तीव्र

Author
Shodh Khabar |
April 28, 2026
Featured

 वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलमा अवैध रूपमा सञ्चालन हुँदै आएका मनी एक्सचेन्ज काउन्टरहरूविरुद्ध प्रहरीले पुनः कडाइ गर्दै छापामारी अभियान तीव्र


बनाएको छ । केही दिनअघि गरिएको कारबाहीपछि बन्द भएका काउन्टरहरू पुनः सञ्चालनमा आएपछि प्रहरीले फेरि कडाइ गरेको हो ।

आईपीएस हेमन्त सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले रेलवे ढाला नजिकै सञ्चालित एक मनी एक्सचेन्ज काउन्टरमा छापा मारेको हो । उक्त काउन्टर कोईरिया टोल निवासी सञ्जय माथूरले ‘मनीष एक्सचेन्ज’ नामबाट सञ्चालन गर्दै आएका थिए । छापामारीमा सीमा सुरक्षा बल (एसएसबी) को टोलीले समेत सहयोग गरेको थियो ।

छापामारीका क्रममा काउन्टरबाट ठूलो परिमाणमा नेपाली तथा भारतीय मुद्रा बरामद गरिएको छ । प्रारम्भिक विवरणअनुसार ५ लाख ८ हजार ७१८ नेपाली रुपैयाँ र २ लाख ६३ हजार भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । बरामद रकमको कुनै वैध अभिलेख नभेटिएको र काउन्टर बिना अनुमति सञ्चालन भइरहेको पाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3