Menu

आजको मौसम

पाँचौ परवानीपुर गोल्डकप फाइनल खेल शनिबार हुदै , मैत्रीपुर्ण खेलाडी वीरगन्ज युथ एकेडेमी बिजयी

Author
Shodh Khabar |
April 24, 2026
Featured


वीरगन्ज ,११ बैशाख । 

पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिलाहरुको मैत्रीपुर्ण खेलमा वीरगन्ज युथ एकेडेमी बिजयी भएको छ । 

परवानीपुर खेल मैदानमा भएको महिला बीचको मैत्रीपुर्ण खेलमा वीरगन्ज युथ एकेडेमीले १-० गोल अन्तरले निजगढ फुटबल क्लबलाई हराएको हो । 

खेलको २५ औं मिनेटमा वीरगन्ज युथ एकेडेमीकि खेलाडी संगीता थिङले गोल गरेकी थिइन् । उनले गरेको गोल नै निर्नायक बनेको थियो । आजको खेलमा म्यान अफ दि म्याच  वीरगन्ज युथ एकेडेमीकि खेलाडी संगीता थिङ भएकी थिइन् । उनले नगद २१ सय प्राप्त गरीन । 

उनलाई आजको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रहबर अन्सारीले पुरस्कार प्रदान गरेका थिए ।शनिबार हुने प्रतियोगिताको उपाधीका लागी आयोजक शक्ति युवा क्लब र निजगढ फुटबल क्लब निजगढ भिडने छन । 

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षता भएको आजको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रहबर अन्सारीले प्रतियोगिताको उदघाटन गरेका थिए ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा भइरहेको सह संयोजक दिपक यादवले बताए ।  प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध  श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3