Menu

आजको मौसम

परवानीपुर गोल्डकपको उपाधी निजगढ फुटबल क्लबले उचाल्यो

Author
Shodh Khabar |
April 25, 2026
Featured


वीरगन्ज ,१२ बैशाख । 

पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी निजगढ फुटबल क्लब निजगढले उचालेको छ । 

शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लब निजगढले ३-० गोल अन्तरले आयोजक शक्ति युवा क्लबलाई हराउँदै उपाधी उचालेको हो । 

परवानीपुर खेल मैदानमा भएको फाइनल खेलमा दुबै टोली यसपटक उपाधी उचाल्ने दाउमा थिए । पहिलो हाफ सम्म बिना गोल बराबरी खेलेको दुबै टिमले दोस्रो हाफको सुरु देखि खेलमा गति बढाएका थिए ।

खेलको ५६ औं मिनेटमा निजगढ फुटबल क्लबका खेलाडी शन्तबहादुर गुरुङले पहिलो गोल गरेका थिए । पहिलो गोल खाएपछि शक्ति युवा क्लबका खेलाडी निरास हुदै खेलको ५९ औं मिनेटमा अर्को गोल पनि खाए ।

दोस्रो गोल पनि निजगढ फुटबल क्लबका खेलाडी शन्तबहादुर गुरुङले नै गरेका थिए । खेलमा ठुलो दबाबमा रहेको शक्ति युवा क्लबले हार स्विकार्दै गर्दै खेलिरहेको थियो । 

८० मिनेटको खेलमा अतिरिक्त समय ६ मिनेट थप भएपछि अन्तिम मिनेटमा निजगढ फुटबल क्लबले तेस्रो गोल गरेको थियो । उक्त गोल निजगढका खेलाडी सृजन क्षेत्रीले गरेका थिए । 

आजको खेलको म्यान अफ दि म्याच निजगढ फुटबल क्लबका खेलाडी शन्तबहादुर गुरुङले भएक थिए । उनले नगद २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए । 

यस्तै बेस्ट प्रशिक्षकको पुरस्कार निजगढ फुटबल क्लबका सन्तोष गुरुङले पाएका थिए । उनले नगद २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

बेस्ट गोलकिपरका पुरस्कार पनि निजगढका युनिस चौधरीले पाए । चौधरीले २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

बेस्ट फरवार्डको पुरस्कार निजगढ फुटबल क्लबका खेलाडी बिक्रम थोकरले पाएका हुन् । थोकरले २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

 बेस्ट मिडफिल्डरका पुरस्कार निजगढ फुटबल क्लबका खेलाडी अजित चौधरीले पाए । चौधरीले २१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

 भने म्यान अफ द सिरिज शक्ति युवा क्लबका कप्तान सन्दीप यादवले पाएका थिए । यादवले ५१ सय सहित शिल्ड र प्रमाणपत्र पाएका थिए ।

प्रतियोगितामा उपाधी उचालेको निजगढ फुटबल क्लबले  २ लाख सहित शिल्ड र प्रमाणपत्र पाएको थियो । यो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले वितरण गरेका थिए । 

खेलमा दोस्रो भएको शक्ति युवा क्लबले १ लाख सहित शिल्ड र प्रमाणपत्र पाएको थियो । यो पुरस्कार कार्यक्रमका बिशिस्ट अतिथि वीरगन्ज २१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियारले वितरण गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रशिक्षक र गोलकिपरको पुरस्कार पर्सा जिल्ला फुटबल संघका उपाध्यक्ष हेमन्त चौरसीयाले वितरण गरेका थिए । 

प्रतियोगिताका संयोजक संजय मण्डलको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवस्तवले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3