Menu

आजको मौसम

जिल्ला स्तरीय १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता जेठ ८ देखि सुरु हुने

Author
Shodh Khabar |
May 18, 2026
Featured


वीरगन्ज,४ जेठ 

पर्सा जिल्ला खेलकुद बिकाश समितिले जिल्ला स्तरीय १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको आयोजना गर्ने भएको छ । वीरगन्जको नारायणी रंगशालामा जेठ ८ ,९ र १० मा तीनदिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुन लागेको हो । विद्यालय तहका खेलाडीहरूको सहभागितामा आयोजना हुने यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो लगायतका खेल समावेश छन् । १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका १४ औ स्थानीय तहका खेलाडीहरूको सहभागी हुनेछन । 

पालिकाका तथा अन्य खेल प्रेमीहरुलाई उत्साहजनक रुपमा सहभागि हुन समेत समितिले अनुरोध गरेको छ । पर्सा जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्ष्तामा बसेको वैठकमा पर्सा जिल्ला खेलकुद बिकाश समितिका प्रमुख महम्द नाजिर हुसेन ,पर्साका प्रहरी नायब उपरिक्षक राजु कार्की ,सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरिक्षक मोहन राज निरौला , श्री जंग गण वीरगन्जका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की , नेपाल खेलकुद पत्रकार मन्च पर्साका अध्यक्ष तिवारी यादवको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3