Menu

आजको मौसम

सिलिङ्ग पंखा चुँडेर विद्यार्थी माथि बज्रिँदा दुई जना घाइते

Author
Shodh Khabar |
May 21, 2026
Featured

 


वीरगञ्ज, ७ जेठ ।

वीरगंज चिनीमिल स्थित सिद्धार्थ माविमा सिलिंग पंखा चुँडिएर लाग्दा दुइजना विद्यार्थी घाइते भएकाछन् । विहीवार विहान ६ः३० बजे कक्षा ७ मा एउटा सिलिंग पंखा चुँडिएर दुइजना विद्यार्थी घाइते भएका हुन् । घाइते हुनेमा बर्ष १३ का अमन कुरमार पण्डीत र बर्ष १३ कै आरयन पटेल रहेकाछन् । पहिलो घण्टीका शिक्षकले कक्षामा पढाइरहेको बेला, चलिरहेको पंखा अकस्मात चुँडिएर विद्यार्थीहरू माथि खसेका थियो । यसरी खस्दा पंखाको तीन वटा पाताले तीन तर्फका विद्यार्थीलाई लागेको थियो भने पंखाको कोयल रहेको भाग तीनै विद्यार्थीको विचमा डेस्क माथि खसेको कक्षा सातका विद्यार्थीहरूले बताएका छन् । पंखाको पाताले लागेर घाइते छात्र दुइमध्ये अमनको दायाँ आँखामा चोट लागेकोले छ । उनीहरू दुवैको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीहरूलाई तुरन्तै उद्धार गरि अस्पताल पुर्‍याएको सो विद्यालयले जनाएको छ । पंखा चुडिनेसम्म मरम्मत सम्भार नहुनुको कारणबारे छानविन हुनु पर्ने र दोषि माथि कारवाई हुनु पर्ने विद्यालयका अभिभावकहरूको माग छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3