Menu

आजको मौसम

सदस्यता शुद्धीकरणकालागि प्रदेश र केन्दको ध्यानाकर्षण मंगलवार देखि महासंघमा धर्ना

Author
Shodh Khabar |
May 26, 2026
Featured


 पर्सा । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरणका लागि गठित संघर्ष समितिले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय तथा मधेश प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त पत्र संघर्ष समितिका संयोजक अनुप तिवारीले केन्द्रिय सचिव अशोक तिवारी तथा मधेश प्रदेश अध्यक्ष श्याम बंजारालाई बुझाईएको हो । ज्ञापन पत्र बुझदै केन्द्रिय सचिव तिवारीले संघर्ष समितिले उठाएको माग प्रति केन्द्र पुर्णरुपमा साकारात्मक रहेको प्रतिक्रिया दिनु भयो । यो अभियान केन्द्रको समेत रहेकोले पर्साको आन्दोलनमा साथ रहेको केन्द्रिय सचिव तिवारीले बताए । पर्सामा निस्क्रिय तथा बिवादमा रहेका सदस्यहरुलाई छानबिनको दायरामा ल्याउने बिषयमा आफनो साथ सहयोग रहने उनको भनाई थियो । 

यसै बिच, संघर्ष समितिले मधेश प्रदेशका अध्यक्ष बंजारालाई पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझदै प्रदेश अध्यक्ष बंजाराले पर्साका हालको कार्यसमितिलाई शुद्धिकरणको बिषयमा अविलम्ब बैठक गरी कार्य अगाडि बढाउन अनुरोध गरेका छन । जिल्लाबाट सर्वसहमतीमा नाम सिफारिस गर्न प्रदेश अध्यक्ष बंजाराले बताए । सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहालमा ज्ञापन पत्र बुझाउने समय संघर्ष समितिका सह संयोजक शेखर छतकुल्ली, सदस्य लालकिशो सिंह, बिरेन्द्र साह हिटलर, राजेन्द्र सिंह, संतोष पटेल, कृष्णा कुशवाहा, मनोज कुमार मिश्रलगायतको सहभागीता रहेको थियो ।

यसैगरी संघर्ष समितिका संयोजक अनुप तिवारलिे भोलि मंगलबार देखि आन्दोलनको कार्यक्रम अनुरुप नेपाल पत्रकार महासंघ पर्सा शाखाको मुल गेटमा धर्ना दिने बताएका छन । मंगलबार ११ बजे देखि १२ बजे सम्म धर्ना कार्यक्रम हुने संयोजक तिवारीले बताएका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3