Menu

आजको मौसम

कन्सल्टेन्सीबाट ठगिएको भए सम्पर्कमा आउन प्रहरीको आग्रह

Author
Shodh Khabar |
May 16, 2026
Featured

 


काठमाडौँ । प्रहरीले विदेशमा पढ्न पठाउने आवरणमा कन्सल्टेन्सीबाट ठगिएकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।शुक्रबार प्रहरीले काठमाडौँ, भक्तपुर र ललितपुरका कन्सल्टेन्सीमा छापा मारेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेपछि सार्वजनिक सूचना जारी गरेर पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

उपत्यकाको ९५ वटा कन्सल्टेन्सीमा छापा मारेर ६९ जना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । शैक्षिक परामर्श केन्द्र र कन्सल्टेन्सीहरूले विदेश पठाइदिन्छु भनेर ठग्ने गरेको उजुरीको आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको एसएसपी खड्काले जानकारी दिए ।

कन्सल्टेन्सीहरूले सरकारले तोकेको मापदण्ड पुर नगरेको र बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएको भेटिएको छ। विदेशमा पढ्न पठाउने वा शैक्षिक परामर्श दिने आवरणमा ठगिएको भएमा टेकु स्थित आफ्नो कार्यालयमा सम्पर्क गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3