Menu

आजको मौसम

आगामी असार ७ गते हुन गइरहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता नेतृत्वको “MAKE WIN” टिम चुनावी मैदानमा उत्रि

Author
Shodh Khabar |
June 19, 2026
Featured

 जीतपुरसिमरा, ०५ अषाढ । आगामी असार ७ गते हुन गइरहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता नेतृत्वको “MAKE WIN” टिम चुनावी मैदानमा उत्रिएको छ।


“जित हाम्रो लक्ष्य, सेवा हाम्रो संकल्प” भन्ने मूल नाराका साथ चुनावी प्रतिस्पर्धामा रहेको उक्त टिमले उद्योगी, व्यवसायी तथा सम्पूर्ण मतदातासमक्ष आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेको छ। टिममा वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार, महासचिवमा प्रकाश गिरी, वाणिज्य उपाध्यक्षमा रामबाबु करबार, कोषाध्यक्षमा रिना रौनियार पुरी, वाणिज्य सचिवमा रिता कँडेल लगायत सदस्य पदका उम्मेदवारहरू रहेका छन्।

टिमले बलियो नेतृत्व, समर्पित कार्यशैली र व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्दै संस्थाको विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको जनाएको छ।

यसै अवसरमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै निष्पक्ष, मर्यादित र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गरिएको छ। साथै अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता सहित सम्पूर्ण “MAKE WIN” टिमलाई हार्दिक शुभकामना तथा सफलताको मंगलमय कामना व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3