Menu

आजको मौसम

महागढीमाई स्थित गंजभवानिपुरमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट, १० हजार लिटर कच्चा पदार्थ नष्ट

Author
Shodh Khabar |
August 14, 2026
Featured

 बारा 


 महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ।

जिल्ला बारा महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नम्बर १० गंजभवानीपुर गाउँमा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार अनुगमन तथा कारबाही गरेको हो।

२०८३ साल साउन २९ गते बिहान करिब ११ः३० बजे प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको कमाण्डमा ३ जना तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब निरीक्षक नवल किशोर साहको कमाण्डमा १३ जनाको संयुक्त टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले ती स्थानमा सञ्चालनमा रहेका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारेर करिब १० हजार लिटर कच्चा पदार्थ बरामद गरी सोही स्थानमा नष्ट गरेको जनाएको छ। साथै, मदिरा उत्पादनमा प्रयोग हुँदै आएका सानो प्लास्टिकका ११ वटा ड्रम र एउटा टिनको ड्रम बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त भट्टीहरू महागढीमाई नगरपालिका–३ का सोभिलाल राम, खुबलाल राम, सावित्री पासवान, राजकुमार राम र अस्पताली राम तथा वडा नम्बर १० का भोला राम, प्रभु राम र रामानन्द जैसवालले सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3