Menu

आजको मौसम

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा विशेष कार्यक्रम तथा शान्ति सभा सम्पन्न

Author
Shodh Khabar |
August 26, 2026
Featured

 


वीरगञ्ज । इस्लामिक क्यालेन्डरको तेस्रो महिना रबी–उल–अव्वलको १२औँ तारिखलाई विश्वभरका मुस्लिम समुदायले इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सवका रूपमा मनाउने गर्छन्। यस दिनलाई ईद–ए–मिलादुन्नबी वा मोहम्मद डेका रूपमा मनाइन्छ।

यसै अवसरमा वीरगञ्जमा बुधबार भदौ १० गते विशेष कार्यक्रम तथा शान्ति सभा भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले दिनुभएको शान्ति, प्रेम, सद्भाव, भाइचारा र मानवताको सन्देशबारे चर्चा गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै आपसी एकता, सहिष्णुता र भाइचारालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

आयोजकहरूले ईद–ए–मिलादुन्नबीको अवसरमा आयोजना गरिएको कार्यक्रम उत्साह, शान्ति र सद्भावपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3