सिरहा ८ भदौ ।
सिरहा जिल्लाको लहान नगरपालिकाको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।
पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै लहान नगरपालिकाले ७ वटा संरचनामा डोजर लगाएर भत्काएको हो ।
नगरपालिकाले डोजर चलाएपछि स्थानीय भने असन्तुष्ट छन् । नगर प्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाको करिब दुई बिघा जग्गामा तीनवटा भवन निर्माण गरी ७२ वटा कोठा तयार गरिएको र ती कोठा भाडामा दिएर नयाँबजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना रहेको उनले सुनाए ।
लहान–५ स्थित लहान बजार (गुदरी हटिया)स्थित नेपाल खानेपानी संस्थान, लहानको प्रवेशद्वारदेखि पूर्व हनुमान मन्दिरसम्म गुदरी हटियाको जग्गामा बनाएको घर टहराहरुमा बसोबास गर्ने वा पसल गर्नेलाई ३ दिनभित्र ठाउँ खाली गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।
पीडित व्यापारीले घर–टहरा भत्काउँदा धनमालको क्षति भएकाले उचित मूल्यांकन र क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन् । तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी
