Menu

आजको मौसम

पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर बाहिरिएको घटनामा एक प्रहरी पक्राउ

Author
Shodh Khabar |
August 24, 2026
Featured

 बारा ८ भदौ 

बारा सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर बाहिरिएको घटनामा एक प्रहरी पक्राउ


परेका छन्।

बयान चलिरहेका बेला बयान कक्षभित्रै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धानका क्रममा भिडियो खिच्ने प्रहरी नै पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार ती प्रहरीलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न प्रहरीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी गरिएको छ। बयानको भिडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3