Neelamb
Message text!

गुणस्तरीय वेबसाइट बनाउन सम्पर्क गर्नुहोस् : 9814272487 (whatsapp also)

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home


$show=home

बडा दशैंको सप्तमी आज घरघरमा फुलपाती भित्र्याइदै गोरखा दरवारबाट ल्याइएको फुलपाती हनुमानढोकाको दशैंघरमा अपरान्ह भित्र्याइने

580




काठमाडौं । बडा दशैं अन्तरगत आज सप्तमी । घरघरमा फूलपाती भित्र्याइदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आजै हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राह्मणले ल्याउने परम्परा छ । 
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । यस वर्षको फूलपाती आज अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यस वर्ष विजया दशमी असोज १६ गते बिहीबार परेको छ । त्यसदिन बिहान ११ बजेर ५३ मिनेटमा देवीको प्रसाद र टीका ग्रहण गर्न उत्तम हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया


reaction

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

Ad

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide





Name

ad,1,news,546,video,7,अपराध,99,खेलकुद,99,मनोरन्जन,99,राजनीति,99,विजनेश,99,समाचार,100,
ltr
item
Shodh khabar- शोध खबर: बडा दशैंको सप्तमी आज घरघरमा फुलपाती भित्र्याइदै गोरखा दरवारबाट ल्याइएको फुलपाती हनुमानढोकाको दशैंघरमा अपरान्ह भित्र्याइने
बडा दशैंको सप्तमी आज घरघरमा फुलपाती भित्र्याइदै गोरखा दरवारबाट ल्याइएको फुलपाती हनुमानढोकाको दशैंघरमा अपरान्ह भित्र्याइने
https://blogger.googleusercontent.com/img/a/AVvXsEgLvw2A7FilomVjQT3jDCwwmB2cSxqZ4ZS5fBpXpcILuduvA6XBH59XsNp6iTJPZV9Uk1OdfEsLciPekrlPkHMhF_jsEZElsxzmC0uRXvlupGnbtZw7NNZ_FtR0wsjWx4jhfpAmtQibtQYuwsogmrojugfXp4l_pj4ThHPn55xDVEYcF-AVbIF_PVDDGA5i=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgLvw2A7FilomVjQT3jDCwwmB2cSxqZ4ZS5fBpXpcILuduvA6XBH59XsNp6iTJPZV9Uk1OdfEsLciPekrlPkHMhF_jsEZElsxzmC0uRXvlupGnbtZw7NNZ_FtR0wsjWx4jhfpAmtQibtQYuwsogmrojugfXp4l_pj4ThHPn55xDVEYcF-AVbIF_PVDDGA5i=s72-c
Shodh khabar- शोध खबर
https://www.shodhkhabar.com/2025/09/blog-post_53.html
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/2025/09/blog-post_53.html
true
5158381592288165473
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content