वीरगञ्ज २१ मंसिर

वीरगञ्ज महानगरपालिका वडा नं ११ रानीघाट स्थित श्रीराम जानकी मठ छेउको ७ कट्ठा १५ धुर जग्गाबारे समाजमा भ्रम सृजना गरिएको भन्दै जग्गा धनि रौनियारले बताएका छन्।
जग्गा धनि प्रदिप रौनियारका कान्छो छोरा धिरेन्द्र रौनियारले आज संचारकर्मीहरु कुरा गर्दै भ्रमित समाचार प्रति गम्भिर आपति जनाएका छन्। रौनियारले नेपाल सरकारको ऐन कानुन बमोजिम २०४४ सालमा खरिद गरिएको जग्गालाई केहि व्यक्तिले जबरजस्ती विवादमा ल्याउन खोजेको उनले बताए।
रौनियारले पर्सा जिल्ला अदालतले २०८० चैत्र २५ गते र उच्च अदालत अस्थायि ईजलास वीरगंजले २०८१ मंसिर १३ गते समेत उक्त जग्गामा कुनै विवाद नरहेको र आफुहरुकै पक्षमा फैसाला गरेको बताउदै सो फैसलालाई वीरगंजका केहि संचारमाध्यमले भ्रमित पार्ने किसिमले गलत समाचार फैलाएको उनले बताए।
रौनियरले भने पर्सा जिल्ला अदालतकै फैसलालाई पुनःउच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले मंसिर १३ गते सो जग्गामा तत्काल मन्दिर लगायतको भौतिक पुर्वाधार निर्माण नगर्न अन्तिरिम आदेश गरेको बताउदै सो फैसलालाई समेत गलत तरिकाले व्यवख्या गरि समाजमा द्धन्द सृजना गर्ने काम गरिएको आरोप लगाए।
रौनियारले केहि असमाजिक व्यक्तिहरु धर्मको आडमा सो जग्गामा लगाइएको पर्खाल र घर समेत तोडेर जबरजस्ती जग्गा हडप्ने प्रयास गरेको बताए । रौनियारले मठ नजिकैको सो जग्गाबारे सत्यतथ्य बुझि मात्र समाचार सम्प्रेशण गर्न संचारकर्मीलाई आग्रह समेत गरेका छन ।

साबित किता नम्बर ३७ हालकोको कित्ता नम्बर ५५ को जग्गा मिसिल संलग्न नक्सा पास, लिइएको सिफासि समेतबाट निवेदककै हक भोगको देखिएको अवस्था हुँदा भोगचलनमा बाधा विरोध गर्ने, मुर्ति राख्ने, कब्जा गर्ने कुनै भौतिक संरचना निर्माण गर्ने जस्ता कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउमा अदालतले मंसिर १३ अन्तिम फैसला आदेश जारी गरेको छ ।
प्रतिक्रिया