Neelamb
Message text!

$show=home

लोड हुँदैछ...

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home


$show=home

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै

580

वीरगञ्ज, १६ फागुन

 प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्द



गएको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।

वीरगञ्ज महानगरपालिका–हरपतगन्जमा आयोजित कोणसभामा उम्मेदवार पन्तले मतदातासमक्ष आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै पुराना राजनीतिक दलप्रति असन्तुष्टि जनाए। महेश यादवको सभापतित्वमा सम्पन्न उक्त सभामा उनले विगतका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

“पुरानै राजनीतिक शैलीबाट देशको समुचित विकास सम्भव छैन,” पन्तले भने, “नयाँ सोच, स्पष्ट भिजन र जनउत्तरदायी नेतृत्व आवश्यक छ। रास्वपा त्यसैका लागि चुनावी मैदानमा उत्रिएको हो।”

उनले मतदातालाई यसपटक मत परिवर्तनमार्फत देशमा ठोस परिवर्तनको आधार तयार गर्न आग्रह गरे। “जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धतासहित हामी अघि बढेका छौं,” उनले दोहोर्‍याए।

कार्यक्रममा सहभागी स्थानीय वक्ताहरूले यसपटक घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन प्रतिबद्ध रहेको जनाए। उनीहरूले क्षेत्रीय विकास, रोजगारी सृजना र सुशासनका लागि पन्त नै उपयुक्त विकल्प भएको दाबी गरे।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर–२२ जगरनाथपुरमा पनि रास्वपाले कोणसभा सम्पन्न गरेको छ। पार्टीका संयोजक युवराज पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सभापति तथा उम्मेदवार हरि पन्त प्रमुख अतिथिका रूपमा सहभागी भए।

पन्तले मन्तव्य राख्दै घण्टी छापमा मत दिन आग्रह गरे। उनले पुराना दलका नीतिका कारण युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै रास्वपाको विजयले मात्र औद्योगिक पुनर्जागरण सम्भव हुने दाबी गरे।

“वीरगञ्जका पुराना चिनी कारखानालगायत बन्द उद्योग पुनः सञ्चालन गर्ने स्पष्ट भिजन हामीसँग छ,” उनले भने। कार्यक्रममा सगीर अन्सारी, शिवजी ठाकुर, आनन्द शास, भगवान गिरी, नन्दु कुर्मी, उपेन्द्र पटेललगायत युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

यता शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भेडिआहीमा उम्मेदवार पन्तले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा स्थानीयले यसपटक पन्तलाई संसद्मा पुर्‍याउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।

कार्यक्रमका क्रममा नेकपा (एमाले) का कार्यकर्तासँग सामान्य तनावको स्थिति सिर्जना भए पनि पार्टीका नेता–कार्यकर्ताको सुझबुझ र सुरक्षाकर्मीको सक्रियताबाट सम्भावित भिडन्त टरेको बताइएको छ।

निर्वाचन नजिकिँदै जाँदा पन्तले आफ्नो अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्। उनले घरदैलो, टोलसभा र युवाकेन्द्रित अन्तरक्रियामार्फत मतदातासँग प्रत्यक्ष संवाद बढाउने रणनीति लिएको जानकारी दिए।

पर्सा–१ मा पुराना दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला हरि पन्तको सक्रियता रास्वपाको चुनावी अभियानलाई उकालोमा पुर्‍याइरहेको देखिन्छ। अब मतदाताले कस्तो निर्णय गर्छन् भन्ने कुराले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

प्रतिक्रिया


reaction

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

Ad

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide





Name

ad,1,news,546,video,7,अपराध,99,खेलकुद,99,मनोरन्जन,99,राजनीति,99,विजनेश,99,समाचार,100,
ltr
item
Shodh khabar- शोध खबर: प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJrglyRnOdjXfGUb-AWGnOQ0jJZt0VjdWTN0LQxNM1CLNKJ2noAZhD9Mme2UX0qCtDqyB7sDKgyGdyZsm5yVFK0hBvOGauFOZ742gK0Dyy0BsKv9iuRUgWBUv8jol08AgZlhX0DctBrXDjHHsPPU6AtHbwTUuJOsMIDZHPaP_hjxap7jwm77ziDweM9kBx/s320/1000214584.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJrglyRnOdjXfGUb-AWGnOQ0jJZt0VjdWTN0LQxNM1CLNKJ2noAZhD9Mme2UX0qCtDqyB7sDKgyGdyZsm5yVFK0hBvOGauFOZ742gK0Dyy0BsKv9iuRUgWBUv8jol08AgZlhX0DctBrXDjHHsPPU6AtHbwTUuJOsMIDZHPaP_hjxap7jwm77ziDweM9kBx/s72-c/1000214584.jpg
Shodh khabar- शोध खबर
https://www.shodhkhabar.com/2026/02/blog-post_357.html
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/2026/02/blog-post_357.html
true
5158381592288165473
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content