Neelamb
Message text!

$show=home

लोड हुँदैछ...

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home


$show=home

व्यापारिक जगतका परिचित नाम, अब राजनीतिक मैदानमा : को हुन् अशोक टेमानी ?

580

वीरगंज (पर्सा), १३ फागुन ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा निर्वाचनसँगै चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा स्थापित उद्योगपति अशोक कुमार टेमानी उम्मेदवारका रूपमा मतदातामाझ प्रस्तुत भएका छन् । उद्योग, व्यापार र सामाजिक सेवाको लामो अनुभव बोकेका टेमानीलाई यसपटक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारका रूपमा हेरिएको छ ।
वीरगंज निवासी अशोक कुमार टेमानी करिब ३५ वर्षभन्दा बढी समयदेखि उद्योग, व्यापार, आयात निर्यात, अन्तर्राष्ट्रिय व्यवसाय तथा लजिस्टिक्स क्षेत्रमा सक्रिय रहँदै आएका छन् । निजी क्षेत्रमार्फत आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवद्र्धनमा उनको भूमिका उल्लेखनीय मानिन्छ । मधेश प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगंजको औद्योगिक वातावरण सुदृढ बनाउन उनले खेलेको भूमिकालाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिने गरेका छन् ।
शिक्षा तथा अन्तर्राष्ट्रिय अनुभवका दृष्टिले पनि टेमानी फराकिलो दृष्टिकोण राख्ने नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले हार्बड युनिभरसिटि (अमेरिका) मा नेतृत्व तथा सार्वजनिक नीति सम्बन्धी कार्यकारी शिक्षा हासिल गरेका छन् । अमेरिका, जापान, डेनमार्क लगायतका देशहरूमा व्यवसाय व्यवस्थापन, कर्पोरेट सुशासन र स्वच्छ उत्पादन सम्बन्धी तालिम लिएका उनले अन्तर्राष्ट्रिय अभ्यासलाई स्थानीय सन्दर्भमा लागू गर्नुपर्नेमा जोड दिँदै आएका छन् । साथै अमेरिका, चीन, भारत, जापान, सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सजस्ता मुलुकहरूमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएका छन् । 
संस्थागत नेतृत्वतर्फ उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष छन् भने केन्द्रीय कार्यकारी बोर्ड सदस्यका रूपमा पनि क्रियाशील रहेका छन् । यसअघि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका टेमानीले निजी क्षेत्रको हकहित र औद्योगिक वातावरण सुधारका विषयमा स्पष्ट आवाज उठाउँदै आएका छन् । उनी नेपाल–भारत सामाजिक आर्थिक फोरमका अध्यक्षसमेत छन्, जसले सीमा क्षेत्रको व्यापार सहजीकरण र आर्थिक सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।
सामाजिक सेवामा पनि टेमानीको सक्रियता उल्लेखनीय छ । नेपाल रेडक्रस सोसाइटी तथा नेत्र ज्योति संघका आजीवन सदस्य रहनुका साथै उनी लायन्स क्लब वीरगंज आदर्शनगरका पूर्व अध्यक्ष समेत छन् । जिल्ला कराँते संघ पर्साका संस्थापक अध्यक्षका रूपमा युवालाई खेलकुदमार्फत अनुशासन र नेतृत्व विकासमा प्रेरित गरेका छन् । मधेश विश्वविद्यालय र हरि खेतान कलेजका सिनेट सदस्यका रूपमा शैक्षिक क्षेत्रसँगको सम्बन्ध पनि बलियो बनाउँदै आएका छन् । 
राजनीतिक रूपमा उनी जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य छन् । निजी क्षेत्रको अनुभवलाई नीति निर्माण तहमा पुर्‍याउने उद्देश्यसहित उनी यसपटक पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । 'उद्योगमैत्री नीति, रोजगारी सिर्जना र पारदर्शी शासन' आफ्नो मुख्य एजेण्डा रहेको उनी बताउँछन् । 
टेमानीले मधेशको आर्थिक सम्भावनालाई राष्ट्रिय समृद्धिसँग जोड्ने दृष्टिकोण अघि सारेका छन् । सीमा नाकाको व्यवस्थित सञ्चालन, औद्योगिक करिडोरको विस्तार, साना तथा मध्यम उद्यमलाई प्रोत्साहन, युवा उद्यमशीलता विकास र प्राविधिक शिक्षामा लगानी वृद्धि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
पर्सा क्षेत्र नं. २ मा यसपटक विकास, सुशासन र आर्थिक एजेण्डालाई केन्द्रमा राखेर प्रतिस्पर्धा हुने संकेत देखिएको छ । उद्योग र सामाजिक सेवाको लामो अनुभवसहित उम्मेदवारी दिएका अशोक कुमार टेमानीलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने विषयले आगामी निर्वाचनको परिणाम तय गर्नेछ । तर एउटा कुरा स्पष्ट छ टेमानीले आफूलाई केवल राजनीतिक उम्मेदवार मात्र नभई अनुभवी व्यवस्थापक र समाजसेवी नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया


reaction

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

Ad

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide





Name

ad,1,news,546,video,7,अपराध,99,खेलकुद,99,मनोरन्जन,99,राजनीति,99,विजनेश,99,समाचार,100,
ltr
item
Shodh khabar- शोध खबर: व्यापारिक जगतका परिचित नाम, अब राजनीतिक मैदानमा : को हुन् अशोक टेमानी ?
व्यापारिक जगतका परिचित नाम, अब राजनीतिक मैदानमा : को हुन् अशोक टेमानी ?
https://blogger.googleusercontent.com/img/a/AVvXsEhWj3uf5aFEUp53sm09a1cCWuAUeo-XSpY4EuC0_KSGWZD3Wi_j3H58_DoFBpAQOFOmmiUhJGNvY1vHpUav6K9KUaPU9Qq9qWm2HRn9kJwKsm81oTu7vGXDFXL8T6u1yVBPk6sM1gbIfEhNhehLNxtpUxR-4n8FyFTG1rDvqdI2x-3lbbk-KRoLV8LL9j_7=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhWj3uf5aFEUp53sm09a1cCWuAUeo-XSpY4EuC0_KSGWZD3Wi_j3H58_DoFBpAQOFOmmiUhJGNvY1vHpUav6K9KUaPU9Qq9qWm2HRn9kJwKsm81oTu7vGXDFXL8T6u1yVBPk6sM1gbIfEhNhehLNxtpUxR-4n8FyFTG1rDvqdI2x-3lbbk-KRoLV8LL9j_7=s72-c
Shodh khabar- शोध खबर
https://www.shodhkhabar.com/2026/02/blog-post_862.html
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/2026/02/blog-post_862.html
true
5158381592288165473
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content