Menu

आजको मौसम

पोखरियाका २३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

Author
Shodh Khabar |
September 30, 2026
Featured

पर्सा


। पर्साको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिका–३, बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट र न्यू लाइट फाउन्डेसनको सहयोग तथा नयाँ जनशक्ति युवा क्लब र लायन्स क्लब अफ पोखरियाको समन्वयमा सामग्री हस्तान्तरण गरिएको हो।

विद्यार्थीहरूलाई स्कुल ब्याग, स्टेशनरी तथा विभिन्न खेलकुद सामग्री प्रदान गरिएको थियो। सामग्री हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष रामप्रवेश चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले बालबालिकाको शिक्षा, स्वास्थ्य र खेलकुद विकासमा सहयोग गर्नु समाजको साझा दायित्व भएको बताए। उनले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालका प्रतिनिधि कवित कुमार नेपाल तथा न्यू लाइट फाउन्डेसनका तर्फबाट वीरगञ्जका युवा समाजसेवी आसिफ हसन लगायतको उपस्थिति रहेको थियो। शैक्षिक सामग्रीले विद्यार्थीको अध्ययनमा सहजता ल्याउनुका साथै विद्यालयप्रति आकर्षण र नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी सञ्जय रेग्मी, इलाका प्रहरी कार्यालयका प्रमुख भानुभक्त अर्याल, नयाँ जनशक्ति युवा क्लबका अध्यक्ष रामबाबु चौहान, लायन्स क्लबका कृष्णा पटेल, मनोज साह कानु लगायत शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3