Menu

आजको मौसम

जीतपुरसिमरा– ९ मा किशोरीहरूका लागि महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

Author
Shodh Khabar |
October 02, 2026
Featured

 


जीतपुरसिमरा। इनरव्हील क्लब अफ वीरगञ्जको आयोजना तथा ‘लुमन्ती’ (Support Group for Shelter) को सहयोगी समन्वयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९, छातापिपरामा एकदिने ‘महिनावारी स्वच्छता’ (Menstrual Hygiene) सम्बन्धी शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

अघिल्लो दिन (३० सेप्टेम्बर) आयोजित उक्त कार्यक्रममा विद्यालय नजाने १२ देखि १९ वर्ष उमेर समूहका ६९ जना किशोरीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी किशोरीहरूलाई निःशुल्क सेनेटरी प्याडसमेत वितरण गरिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मोतीलाल प्रसाद यादवको प्रमुख आतिथ्य एवं इनरव्हील क्लबकी अध्यक्ष डा. प्रीति गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा इनरव्हील क्लबकी सदस्य एवं स्वास्थ्यकर्मी रञ्जिता साहले महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, सुरक्षित महिनावारी व्यवस्थापन, स्वास्थ्य तथा स्वच्छताका विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा सदस्यहरू शोभा देवी सहनी र शिवदेवी पासमानको उपस्थिति रहेको थियो। त्यसैगरी, शिक्षिका विर्जापति चौधरी, लुमन्ती संस्थाका प्रतिनिधि ललिता चौधरी, धिरेन्द्र माझी, सामाजिक कार्यकर्ताहरू राजकपुर पासवान र पुजा चौधरीका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता थियो।

सो अवसरमा क्लबकी आइपिपी मञ्जुरी श्रेष्ठ, उपाध्यक्ष नीलम ब्याहुत, आइएसओ प्रियंका झा, कोषाध्यक्ष सरिता यादव, कार्यकारिणी सदस्य मेघा मित्तललगायत अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमपछि सहभागी किशोरीहरूले महिनावारीका विषयमा खुलेर कुरा गर्न र स्वास्थ्य सचेतना अपनाउन यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याएको प्रतिक्रिया दिएका छन्।

महिनावारीलाई केवल स्वास्थ्य र सरसफाइको विषयका रूपमा मात्र नहेरी किशोरीहरूको शिक्षा, आत्मसम्मान र सामाजिक सहभागितासँग जोडेर हेर्नुपर्ने सन्देश कार्यक्रमले दिएको छ। यस्ता कार्यक्रमले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै किशोरीहरूलाई सही जानकारी प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3