Menu

आजको मौसम

कांग्रेसलाई चीन, भारतसहित ६ देशबाट शुभकामना

Author
Shodh Khabar |
October 04, 2026
Featured

 


काठमाडौं । चीन, भारत, बंगलादेशसहित ६ देशका पार्टीका नेताहरूले नेपाली कांग्रेसको १५ औं महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।लिखित शुभकामना सन्देश दिनेहरूमा भारतको सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डिया कंग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायत छन् ।

उनीहरूले नेपाली कांग्रेससँगको पुरानो राजनीतिक सम्बन्धलाई निरन्तरता र थप सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् । भाजपाको पत्रमा हालै नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनामा भारतको सहयोग जारी रहने उल्लेख छ ।यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीले पनि कांग्रेसलाई सफलताको शुभकामना दिएको छ । चीनले पनि दुई देशका पार्टी र जनताको तहमा सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेको छ ।कांग्रेस समेत सदस्य रहेको सोसलिस्ट इन्टरनेसनलका सभापति पेड्रो सान्चेजले पनि कांग्रेसलाई शुभकामना सन्देश दिएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । पेड्रो सान्चेज स्पेनका प्रधानमन्त्री समेत हुन् । तर उनले प्रधानमन्त्रीको रुपमा नभई सोसलिस्ट इन्टरनेसनलको रुपमा शुभकामना सन्देश पठाएका छन् ।बंगलादेशका प्रधानमन्त्री तारेक रहमान, दक्षिण कोरियाको आइक्याप स्ट्यान्डिङ कमिटीका अध्यक्ष चुङ उई योङ र बेलायतको लेबर पार्टीले पनि कांग्रेसको १५ औं महाधिवेशन सफलताको लिखित शुभकामना दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3