वीरगञ्ज । रसुवामा आएको बाढीमा बगेर वीरगञ्ज महानगरपालिका–२७ का ३० वर्षीय सागर कर्णको मृत्यु भएको छ। बाढीले बगाएपछि उहाँको मृत्यु भएको परिवारजनले बताएका छन्।
परिवारका अनुसार सागर घरको मुख्य आर्थिक सहारा तथा एक मात्र कमाउने सदस्य हुनुहुन्थ्यो। उहाँको निधनपछि दुई जना साना बालबालिकासहित परिवारमा ठूलो शोकसँगै आर्थिक संकटसमेत थपिएको छ।
सागरको असामयिक निधनले आफन्त, छिमेकी तथा स्थानीयवासी शोकमा डुबेका छन्। परिवारजनले उहाँको निधनपछि बालबालिकाको पालनपोषण तथा दैनिक जीवनयापनमा समेत कठिनाइ हुने बताएका छन्।
