गोरखा — बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले नदी आसपासका बस्तीमा जोखिम बढाएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्न सरकारसँग माग गरिएको छ।
अनलाइनपत्रिका
