Menu

आजको मौसम

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक अत्यन्तै महत्वपूर्ण - गृहमन्त्री सुधन गुरुङ

Author
Shodh Khabar |
October 14, 2026
Featured

 


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीहरू बढिरहेको अवस्थामा हाम्रो भावी पुस्ताको सुरक्षित भविष्यका लागि पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । गुरुङले अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ भन्ने मान्यता नेपालको तर्फबाट मैले स्पष्ट रूपमा राखेको छु । यसका लागि प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य छ। 

साथै, प्राकृतिक विपत्तिले पनि सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने नेपालको प्रस्ताव अघि सारेकाे छु। 

बैठकका दौरानमा भारतीय समकक्षी अमित शाहसँग साझा सुरक्षा चासोका विषय छलफल भएको थियो । हामी दुवै गृहमन्त्रीहरुद्वारा द्विदेशीय सुरक्षाका आयामिक र नवीनतम मामिलाहरुमा आपसी समन्वय र सहकार्य प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । 

भेटका अवसरमा मैले नेपाली उद्योगी तथा व्यापारीहरुका भारतीय बजार पहुँचका लागि सामना गर्नुपरेका चुनौतीहरु, भारतमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याका विषयमा भएको छलफलमा भारतीय पक्षबाट आवश्यक समन्वय गर्ने प्रतिवद्धता भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3