Menu

आजको मौसम

वीरगञ्जमा चक्कु प्रहार गर्ने युवक पक्राउ, एक जना घाइते

Author
Shodh Khabar |
October 18, 2026
Featured

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिर पछाडि रहेको एक होटलमा गएराति चक्कु प्रहार हुँदा एक जना युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीको सक्रियतामा चक्कु प्रहार गर्ने युवकलाई तत्काल नियन्त्रणमा लिइएको हो। घटनापछि मन्दिर पछाडिको क्षेत्रमा केही बेर तनावको अवस्था सिर्जना भए पनि प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएको थियो।

घटना राति अबेर भएकाले घाइते युवक र पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

घटनापछि पर्सा प्रहरीले मेला क्षेत्र तथा आसपासका स्थानमा निगरानी बढाएको छ। श्रद्धालु तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी थप सतर्क बनेको छ।


घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3