Menu

आजको मौसम

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

Author
Shodh Khabar |
October 06, 2026
Featured


बर्दिबास २० असोज । 

नेपाली सेना र सञ्चारमाध्यमबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै सुरक्षा तथा राष्ट्रिय हितका विषयमा जिम्मेवार र तथ्यमा आधारित समाचार सम्प्रेषणलाई प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारहरूका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ बर्दिबासमा सुरु भएको छ ।

मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिबासको आयोजनामा सुरु भएको कार्यक्रमको उद्‌घाटन गर्दै मध्यपूर्वी पृतनापति भुवन केसीले नेपाली सेना र सञ्चार क्षेत्रबीच निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुरक्षा र राष्ट्रिय सरोकारका संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा तथ्यको सही पहिचान तथा जिम्मेवारीपूर्ण पत्रकारिता आवश्यक रहेको भन्दै सञ्चारमाध्यमले नागरिकलाई सही सूचना उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सेना र पत्रकारबीचको आपसी समझदारी अझ बलियो हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीलाई नेपाली सेनाको संगठनात्मक संरचना, कार्यक्षेत्र, जिम्मेवारी, भूमिका तथा सेनाले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिबारे जानकारी गराइने जनाएको छ ।

कार्यक्रम संयोजक प्रमुख सेनानी प्रतिभा थापाले नेपाली सेना र पत्रकारिता क्षेत्रबीचको सम्बन्धलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको भन्दै सेनाका गतिविधि, जिम्मेवारी र कार्यप्रणालीबारे सञ्चारकर्मीलाई प्रत्यक्ष जानकारी गराउँदा समाचारमा तथ्यपरकता, स्पष्टता र विश्वसनीयता बढ्ने बताउनुभयो ।

चारदिने कार्यक्रममा नेपाली सेनाको भूमिका र जिम्मेवारीसँगै विपद् व्यवस्थापन तथा प्रतिकार्य, समसामयिक सुरक्षा अवस्था, संकटको समयमा सञ्चारमाध्यमको भूमिका लगायतका विषयहरुमा प्रस्तुतीकरण गरिने जनाइएको छ ।

सेना तथा सञ्चारमाध्यमका प्रतिनिधिबीच हुने प्रत्यक्ष संवाद र अन्तरक्रियाले एकअर्काको भूमिका तथा जिम्मेवारी बुझ्न सहज बनाउने अपेक्षा गरिएको र यस्ता कार्यक्रमले सुरक्षा निकाय र पत्रकारिताबीचको समन्वय बढाउनुका साथै तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना सञ्चारकर्मीहरु सहभागी रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3