असार १३, वीरगञ्ज
वीरगञ्जस्थित बिपिएस +२ कलेज द्वारा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित मोटिभेशनल ट्रेनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र सहभागी रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतम, मानवसेवा आश्रमका प्रमुख देवेश गुप्ता, शिक्षक सचितानन्दलाल कर्ण, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, कलेजका सञ्चालक दिपक पटेल, सन्दीप कुश्वाहा, हरिन्द्र कुश्वाहा लगायत समाजका विशिष्ट व्यक्तिहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता कलेजका सञ्चालक दिपक पटेलले गरेका थिए।विद्यार्थीहरूद्वारा विविध साँस्कृतिक प्रस्तुति, नाटक र नृत्य प्रस्तुत गरिँदा कार्यक्रममा उत्साहजनक माहोल सिर्जना भएको थियो।
कार्यक्रमको सुरुवात प्रमुख अतिथि एसपी गौतम मिश्रले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।सो अवसरमा वीरगञ्जका विभिन्न सञ्चारमाध्यमहरूबाट आएका पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सकारात्मक सोच, र सामाजिक उत्तरदायित्वबारे जागरुकता बढाएको आयोजकहरूले बताएका छन्।
प्रतिक्रिया