वीरगञ्ज, ४ साउन — विद्या सदन माध्यमिक विद्यालय मा"अन्तर सदन राखी बनाउने प्रतियोगिता–२०८२" हर्षोल्लासपूर्वक सम्पन्न भएको छ । नेपाली परम्परा, सृजनशीलता र कला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमको पुरस्कार वितरण समारोहमा वेलनेस तथा लाइफस्टाइल ट्रेनर श्रीमती स्वेटा महेश्वरी प्रमुख अतिथि रहनु भएको थियो ।
प्रतियोगिता कक्षा विभाजन अनुसार तीन समूहमा सञ्चालन गरिएको थियो — समूह "ए" कक्षा (१–३), समूह "बि" (कक्षा ४–७), र समूह "सि" (कक्षा ८–१०) । विद्यार्थीहरूले सृजनशीलता, संस्कृति र प्रेमको झल्को दिने रचना प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः
समूह "ए"
प्रथमः स्नेहा कुमारी चौहान (कक्षा तीन बि) – ग्रीन हाउस
दोस्रोः मो. जिशान शेख (कक्षा ३ बि) – ब्लु हाउस
तेस्रोः सलाउद्दिन रैन (कक्षा १ बि) – ब्लु हाउस
समूह "बि"
प्रथमः पवन कुमार गुप्ता (कक्षा ७ बि) – ग्रीन हाउस
दोस्रोः अंशुमान कुमार गुप्ता (कक्षा ५ बि) – ब्लु हाउस
तेस्रोः करीना खातुन (कक्षा ७ बि) – येलो हाउस
समूह "सि"
प्रथमः चिरञ्जीवी शर्मा (कक्षा ९) – येलो हाउस
दोस्रोः आफरिन प्रविन (कक्षा ९) – ग्रीन हाउस
मुख्य अतिथि श्रीमती महेश्वरीले विद्यार्थीहरूको सिर्जनशील प्रयासको उच्च प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा कला, संस्कार र आत्मविश्वास विकास गर्न सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रमको संयोजन शिक्षिका सञ्जना गिरीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकगणले विजेतालाई प्रमाण पत्र तथा मेडल वितरण गरिएको थियो । विद्यालयका प्र. अ. लाल बहादुर गुरुङ्गले सम्पूर्ण विजेता तथा सहभागी विद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गरिने प्रतिबद्धता जनाएका थिए ।