वीरगन्ज १४ असोज
बहुवरी बाट उदार भएको गर्भवती महिलाले छोरीलाई जन्म दिएको छ। आज मंगलबार बेल्का ५.२३ बजे नारायणी अस्पताल मा छोरी जन्मएकी छिन, असोज ११ गते शनिबार राती ९ बजे वडा प्रहरी कार्यालयको प्र.स,नी भुलेंद्र गिरि र आश्रमका अभिभावक तथा सामजिक अभियन्ता प्रकाश थारुले मानवसेवा आश्रम बिरगंज शाखामा आफ्नो नाम, थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३० की गर्भवती महिलालाइ आश्रममा ल्याई दिनु भएको थियो ।
आज बेलका ४ बजे आश्रममा पेट दुखे पछि नारायणी अस्पतालमा लागिएको र बेलका ५. २३ बजे एक जना नानी लाइ जन्मदिनु भएको मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताले जानकारी दिनुभयो।
अस्पतालमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता मनवसेवा आश्रमका अभिभावक-सामाजिक अभियन्ता प्रकाश थारु , सामजिक अभियन्ता पिया सिंह , आश्रमको केन्द्रिय सदस्य बिबेक महतो , आश्रमका स्वयंसेवकहरु बिकाश माली, अंशु छेत्री, संगीता परियार, आश्रममा सेवरत प्रहरी जवान नगेश्वर यादव, ओम कुमार झा, दिपेन्द्र चौधरी को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया