वीरगन्ज,१५असोज :
वीरगन्जमा लागेको दशैं मेलामा मंगलबार राति युवाहरुको दुई समुहबीच भएको कुटपिटमा एक युवकको मृत्यु

भएको छ ।मृत्यु हुनेमा बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरी स्थायी घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा डेरामा बस्दै आएका अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) रहेका छन् । मृतकका बुबा हिन्दु र आमा मुस्लिम हुन् । उनि ई–रिक्सा चालक हुन् ।

माईस्थानबाट गीता मन्दिर जाने बाटोमा मंगलबार राति ११.४५ बजेतिर मेलामा घुमिरहेका युवाहरुको दुई समुहबीच विवाद भई कुटाकुट हुदाँ कानुको जिउमा बाँसले प्रहार गरिएको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मंगलबार राति नै तीन जना युवकहरुलाई नियन्त्रणमा लिएको छ ।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले पनि दुई समुहबीच भएको कुटाकुटमा एक युवकको मृत्यु भएको पुष्टी गरे । उनले भने,' ग्याङ् फाइट होइन । एक जनालाई मात्रै टार्गेट गरेर हानेको देखिन्छ । घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएका छौं । अनुसन्धान जारी छ।'
प्रतिक्रिया