वीरगन्ज
हैजाको महामारीबाट बाच्नका लागी नेपाल सरकारले पर्साका सबै पालिका आज देखी खोप अभियान शुरुगरेको छ ।
महानगरको हकमा जिल्ला प्रशासन कार्यलय पर्सामा एक कार्यक्रमको आयोजना गरि तथा पालिकाहरुले आआफनो कार्यलयमा कार्यक्रमको आयोजना गरि समुदघाटन गरेका छन । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले खोप लिई अभियान सुरु गरेका छन भन्ने पर्साका पालिकाहरुमा मेयर वा अधिकृतहरुले खोप लिई अभियान सुरु गरेका थिए ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार खोप अभियानको सुभारम्भ वीरगजमा आयोजित कार्यmत्रममा प्रजिअ सुबेदीसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा.. मनोज कुमार गुप्ता, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी परीक्षक पुरनचन्द्र भट्ट लगायतलेपनि खोप लिएका थिए ।
वीरगज महानगरमा भदौं ६ गते ३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । त्यसयता असोज २३ सम्म वीरगजका विभिन्न अस्पतालमा गरी १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा तीमध्ये २ सय ४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो ।
हैजाको संक्रमण देखापरेको डेढ महिना बितिसक्दा पनि हैजाको श्रोत भने पत्तँ लाग्न सकेको छैन । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, अस्पतालमा अहिले हैजाको संक्रमण पुष्टि भएका बिरामी एक जनापनि उपचाररत नरहेपनि अहिलेपनि दैनिक चार पाँच जना झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेको बताए । डेढ महिनापहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइ नसकेको र फेरि हैजाको संक्रमण फैलिन नदिने उदेश्यले पर्सामा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । आजबाटसुरु भएको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ । एक हप्ते अभियानमा जिल्लाभरका १ वर्षमाथि उमेरका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप खुवाउने लक्ष्य रहेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । खोप अभियान अन्तर्गत जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल,सबै सामुसदायिक तथा निजी विद्यालय, कलेज,सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्थाका कार्यालय,नियमित खोप सेवा सञ्चालन हुदैं आएका बाह्य खाृेप केन्द्रहरु,मन्दिर,मस्जिद, चर्च, गुम्बा,बसपार्क, नेपाल भारत सीमा नाका,उद्योग कलकारखाना सबैमा खोप केन्द्र स्थापना गरेर खोप खुवाउन थालिएको ठाकुरले बताए ।
यस्तै पर्साको छिमेकी जिल्ला बारामा भने सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिने अभियानमा सहभागी विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले जानकारी दिए । पर्साको वीरगज महानगरसंग सीमा जाडिएका बाराको कलैया र जीतपुरसिमरा उपमहानगरपालिका,परवानीपुर, प्रसौनी,फेटा र विश्रामपुर गाँउपापलका गरी ६ वटा पालिकामा पनि सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने उनले बताए । हैजा प्रभावित स्थान र आसपासका मानिसलाई हैजा रोग लाग्नबाट जोगाउनका लागि तथा हैजा फैलिएको स्थानबाट अन्यस्थानमा हैजा फैलनबाट रोक्नका लागि यो खोप अभियान सञ्चालन गरिएको अभियानमा सहभागी विश्व स्वास्थ्य संगठनका उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया