बिरगंज, असोज १५
नारायणी अस्पतालमा असोज १४ गते बेलुकी ५:२३ बजे छोरी जन्माउने ३० वर्षीया महिलालाई आज, असोज १५ गते बुधबार, उनका सासु-ससुरोसँग पारिवारिक रूपमा पुनर्मिलन गराइएको छ।
महिला असोज ११ गते शनिबार राति वडा प्रहरी कार्यालय र मानवसेवा आश्रमको सहयोगमा अस्पताल ल्याइएको थियो। उनका सासु-ससुरो घर पर्सा गढी नगरपालिका–५ झिंग्नीबाट आज बिहान ८ बजे बुहारी र नातिनी लिन अस्पताल पुगेका थिए।
पुनर्मिलन कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक देवेश गुप्ता, अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, लाइन्स क्लब अफ बिरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष पिया सिंह, अस्पताल OCMC फोकल पर्सन हेमा थापा, सामाजिक व्यक्ति सन्तोष पटेल, आश्रम स्वयंसेवकहरू विकाश माली, संगीता परियार, र प्रहरी जवान नगेश्वर यादव र दीपेन्द्र चौधरीको उपस्थिती रहेको थियो।

मानवसेवा आश्रमका अनुसार, पत्रकार तथा सामाजिक सञ्जालमार्फत समाचार सेयर गर्ने सबैमा विशेष आभार व्यक्त गरिएको छ। उनीहरूको सहयोगले गर्दा महिलाको पारिवारिक पुनर्मिलन सफल भएको छ।
प्रतिक्रिया