Neelamb
Message text!

गुणस्तरीय वेबसाइट बनाउन सम्पर्क गर्नुहोस् : 9814272487 (whatsapp also)

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home


$show=home

औषधी उत्पादक संघद्वारा वीरगंज महानगरलाई कम्प्युटर, प्रिन्टरसहितका उपकरण सहयोग

580




वीरगंज,  
हालैको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहज बनाउन विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।
यही क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले बुधबार दश थान कम्प्युटर सेट (युपिएससहित) र चार थान प्रिन्टर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघले यो सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अघि सारेको बताएको छ ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा महानगर भवनसहित सम्पूर्ण फर्निचर, कागजात, सूचना–प्रविधि उपकरणलगायतका सामग्री जलेर नष्ट भएका थिए । सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले असहज अवस्थाको समयमा औषधी उत्पादक संघले पुर्याएको सहयोग महानगरको पुनःसञ्चालनका लागि अत्यन्तै उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'महानगरको दैनिक कामकाजलाई सहज बनाउन संघले पुर्याएको सहयोग अत्यन्त महत्वपूर्ण छ । संघप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि महानगर र संघबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने अपेक्षा राख्दछु।'
त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन परिस्थितिमा पनि नगरको पुनःनिर्माणमा साथ दिन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो । यस्तो अवस्थामा सबै क्षेत्रका निकायले हातेमालो गर्न जरुरी छ । हाम्रो सानो सहयोगले महानगरलाई फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ यो कदम चालिएको हो ।'
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वाेत्तम गिरी र उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसअघि सूर्य नेपालले पनि कम्प्युटर, ल्यापटप र प्रिन्टर लगायतका सामग्री उपलब्ध गराएको थियो । 
औषधी उत्पादक संघले गरेको यो सहयोगले महानगरको सेवा पुनःसञ्चालनको प्रयासमा थप गति मिल्ने र उद्योग–महानगरबीचको साझेदारी सम्बन्ध अझ सुदृढ हुने विश्वास महानगरले लिएको छ ।

प्रतिक्रिया


reaction

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

Ad

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide





Name

ad,1,news,546,video,7,अपराध,99,खेलकुद,99,मनोरन्जन,99,राजनीति,99,विजनेश,99,समाचार,100,
ltr
item
Shodh khabar- शोध खबर: औषधी उत्पादक संघद्वारा वीरगंज महानगरलाई कम्प्युटर, प्रिन्टरसहितका उपकरण सहयोग
औषधी उत्पादक संघद्वारा वीरगंज महानगरलाई कम्प्युटर, प्रिन्टरसहितका उपकरण सहयोग
https://blogger.googleusercontent.com/img/a/AVvXsEifgaX2LMjoG4J-GhuVODTTtVKQw2lIUiAoxsZlRi5G0q3fvdk3sbOsnnYF7J_leuTdtcHf-Tbq57XTjMt-C4qJ8Y3PXPoIHDhttOqrN-CdGAO9oFTqah9i2_SlDucnNe9fs-vvU4rqY53pCWY80H9oRpgDTj8zQEePuQTXRZGRJfZYbxxDoD-NM3Guue2t=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEifgaX2LMjoG4J-GhuVODTTtVKQw2lIUiAoxsZlRi5G0q3fvdk3sbOsnnYF7J_leuTdtcHf-Tbq57XTjMt-C4qJ8Y3PXPoIHDhttOqrN-CdGAO9oFTqah9i2_SlDucnNe9fs-vvU4rqY53pCWY80H9oRpgDTj8zQEePuQTXRZGRJfZYbxxDoD-NM3Guue2t=s72-c
Shodh khabar- शोध खबर
https://www.shodhkhabar.com/2025/10/blog-post_87.html
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/2025/10/blog-post_87.html
true
5158381592288165473
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content