वीरगञ्ज। स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघ पर्साले बिहीबार स्व. गिरीको पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रममा पत्रकार देवकोटालाई नगद ५१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो। पुरस्कार मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले प्रदान गर्नुभयो।
पत्रकार देवकोटा वीरगञ्जबाट प्रसारण हुँदै आएको सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष हुनुका साथै सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ।
वीरगञ्जका पूर्व नगर प्रमुख तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्षसमेत रहनुभएका स्व. गोपाल गिरीको वि.सं. २०६० माघ १ गते तत्कालीन माओवादी समूहद्वारा गोली हानी हत्या गरिएको थियो।
स्व. गिरीको योगदानको सम्मानस्वरूप नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको उक्त पुरस्कारबाट यसअघि गया यादव, कन्हैयालाल केसरी, ओमप्रकाश खनाल, श्याम बन्जारा, पंकज श्रेष्ठ, बृजलाल पासवान, शत्रुघन नेपाल र ध्रुव साह लगायतका पत्रकारहरू सम्मानित भइसकेका छन्।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायतको उपस्थिति रहेको थियो।
तर स्व. गोपाल गिरीलाई तत्कालीन माओवादी समूहले हत्या गरेको ऐतिहासिक यथार्थ हुँदाहुँदै, सोही राजनीतिक धार नजिकका व्यक्तिबाट उनको नाममा स्थापित पत्रकारिता पुरस्कार प्रदान हुनु गम्भीर नैतिक प्रश्नको विषय बनेको छ। अझै चिन्ताजनक पक्ष के छ भने, उक्त पुरस्कार वितरण कार्यक्रममा स्व. गिरीको परिवारको तर्फबाट कसैको पनि उपस्थिति नरहनु आफैंमा मौन विरोध र असहमतिको स्पष्ट संकेत

का रूपमा हेरिएको छ।
का रूपमा हेरिएको छ।
यस घटनाले सम्मानभन्दा बढी नेपाल पत्रकार महासंघको निर्णय क्षमता, संवेदनशीलता र शहीद पत्रकारका परिवारप्रतिको नैतिक जिम्मेवारीमाथि प्रश्न उठाएको छ। शहीद पत्रकारको नाममा स्थापित पुरस्कार राजनीतिक औपचारिकतामा सीमित नभई सत्य, न्याय र नैतिकताको प्रतीक बन्नुपर्ने आवाज पुनः सशक्त रूपमा उठ्न थालेको छ।



प्रतिक्रिया