वीरगञ्ज
हिन्दुहरुको महानपर्व छठ पुजा नजिकिए संगै वीरगन्जको घडिअर्वा पोखरीको सजाउने काम सुरु हुने बताइएको छ। अब केही दिन मात्र बाकी रहेको ले घडिअर्वा पोखरी सजावटको सुरु गर्ने घडिअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुले जानकारी गराएका छन ।
अध्यक्ष कानुले छठ पूजाको सजावट र व्यवस्थापनको लागि करिब १७ लाख खर्च लाग्ने अनुमान रहेको जानकारी दिए । ''छठ पर्वका लागि आवश्यक पर्ने खर्चका व्यवस्थापनको लागि ऐच्छिक रूपमा २५० को टिकट काट्ने व्यवस्था गरेका छौँ उनले भने छठ पर्वमा घडिअर्वा पोखरी दर्शन र पूजापाठका लागि भने कुनै सुल्क लाग्ने छैन । समितिका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि घडीअर्वा पोखरीको चारैतर्फ झिलिमिली बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरूले सजावट गरिने बताएका छन ।
घडीअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २०६० सालदेखि घडीअर्वा पोखरीमा छठपूजा मनाउँदै आइरहेको बताए । ''छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढंगले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,'' उनले भने । दुई लाख बढी श्रद्धालु आउने अनुमान गरिएकोले सो अनुसारको तयारी गर्न छलफल भएको उनले बताए ।
समितिले सुरक्षाको मध्य नजर गर्दै धेरै मात्रामा नेपाल प्रहरी,सशस्त्र प्रहरी,अनुसन्धानका प्रहरी परिचालन गरिने छ भने श्रद्वालुको सहयोगका लागि स्वयंसेवक पनि खटाइने छ । त्यस्तै पोखरी परिसरमा पिउने पानी, एम्बुलेन्स, दमकल तयारी अवस्थामा राखिने छ ।
यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कार्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
प्रतिक्रिया