नवीन कर्ण
पौष २४,विराटनगर
मैथिली कथा साहित्यका विशिष्ट हस्ताक्षर एवं वरिष्ठ साहित्यकार रा.ना. सुधाकरको ७९ वर्षको उमेरमा निधन

भएको छ ।
भएको छ ।
विराटनगर–१४, भगवतीटोलस्थित आफ्नै निवासमा पौष २३ गते साँझ उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि श्वासप्रश्वास र अन्य दीर्घरोगबाट पीडित सुधाकरको जन्म विक्रम संवत् २००२ सालमा बाराको कलैया, मल्हनीमा भएको थियो । उहाँका तीन छोरा र एक छोरी हुनुहुन्छ । सुधाकर मैथिली साहित्यमा कथा, कविता, गीत र गजल विधाका अग्रणी व्यक्तित्व मानिनुहुन्छ ।
उहाँद्वारा लिखित प्रसिद्ध दीर्घकथा 'दीयरि' त्रिभुवन विश्वविद्यालयको मैथिली संकाय (स्नातकोत्तर तह) को पाठ्यक्रममा समेत समावेश छ । विगत ५ दशकभन्दा लामो समयदेखि साहित्य साधनामा सक्रिय उहाँका सयौँ रचनाहरू नेपाल र भारतका प्रतिष्ठित पत्रपत्रिकाहरूमा प्रकाशित छन् ।
उहाँको पहिलो कथा संग्रहको रूपमा २०७९ सालमा विराटनगरस्थित मिथिलेश्वरी मिडिया प्रा.लि. ले 'दीयरि' कथा संग्रह प्रकाशन गरेको थियो । उक्त संग्रहमा शीर्षक कथासहित २० वटा लामा कथाहरू समेटिएका छन् । मिथिलेश्वरी मिडियाका अध्यक्ष नवीन कर्णका अनुसार, सुधाकरको मौलिक कथा शिल्प र विशिष्टतालाई सम्मान गर्दै संस्थाले उहाँको पहिलो पुस्तक प्रकाशनमा ल्याएको थियो ।
साहित्यकार सुधाकरले आफ्नो जीवनकालमा विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको थियो ः जसमध्ये २०६९ सालमा नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार ,आठौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्मान (२०५७) मैथिली विकास अभियान सम्मान (२०६१) श्याम–कला मैथिली सेवा पुरस्कार (२०६८) सामाजिक महिला उत्थान समूह सम्मान (२०६९) कोशी प्रदेश सामाजिक विकास मन्त्रालय सम्मान (२०७६) लगायत छन ।
सुधाकरका धेरै कृतिहरू अझै प्रकाशनको पर्खाइमा छन् । उहाँका अप्रकाशित कृतिहरूमा ःकविता संग्रहः 'अच्छत', 'धरोहर' र 'प्रेमपत्र' । गीत संग्रहः 'सयपत्री' र 'कब–कब' यस्तै गीत–गजल संग्रहमाः 'कागजके फुल' र 'हिरा मोती' छन । यसैगरि कथा संग्रहः 'विकल्प' र अन्य थुप्रै फुटकर रचनाहरू अप्रकाशित छन ।
साहित्य साधनाका अतिरिक्त उहाँले लामो समयसम्म बाँसबारीस्थित कमला रोलिङ मिल्समा कार्यरत रही सेवा गर्नुभएको थियो । उहाँको निधनले मैथिली साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन् ।



प्रतिक्रिया